गोल्डेनसीपमा शुक्रबार जुना र मधुसुदनले तहल्का मच्चाउने

गत हप्ता को भिडियो

लन्डन । लोकप्रिय दोहोरी गायक गायिका जुना सिरिस र मधुसुदन थापाले भोलि शुक्रबार गोल्डेनसीप रेष्टुरेन्टमा तहल्का मच्चाउने भएका छन् ।

सांझ ६ बजेपछि हुने दोहोरी भिडन्तमा गायक गायिकाका साथ दर्शकहरुले समेत आफ्नो कला प्रस्तुत गर्न सक्नेछन् ।

ति दुवै कलाकार नीरमाया दोहोरी सांझ अल्डरसटमा समेत गाउंछन् । लन्डनमा दोहोरी पारखी ज्यादा भएकाले उनीहरुको माग बमोजिम कार्यक्रम राखिएको हो ।

रेष्टुरेन्ट सञ्चालक देव गुरुङका अनुसार, अघिल्लो साता गरिएको दोहोरी सांझपछि दर्शक माग अत्यधिक बढेकाले यो शुक्रबार पनि कार्यक्रम राखिएको हो ।

दोहोरी हेर्न आउने ग्राहकको सुविधालाई मध्यनजर गर्दै खाना र बस्न बेग्लै व्यवस्था बनाइने गुरुङले जानकारी दिए ।goldensip