नर्सिंग एशोसिएसन यूकेमा नयां नेतृत्व प्रसुना बनिन् अध्यक्ष

nurलण्डन । नेपालिज नर्सिंग एशोसिएसन यूकेमा प्रसुना कंडेल सर्वसम्मतिमा अध्यक्ष बनेकी छिन् ।आइतबार लण्डनको ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न एशोसिएसनको अधिवेसनले प्रसुनाको नेतृत्वमा कार्यसमिति चयन गरेको छ ।

नया कार्यसमितिमा उपाध्यक्ष बाहेक सबै पदमा सर्वसम्मति बनेपनि उपाध्यक्षमा चुनाब नै गरिएको थियो । नवनिर्वाचित अध्यक्ष प्रसुना एशोसिएसनमा यसअघि उपाध्यक्ष र त्यसभन्दा अघिल्लो कार्यसमितिमा महासचिव थिइन् ।
नयां कार्यसमितिको उपाध्यक्ष पदमा विनोदविकास सिंखडा र सुनिता गौतमबीच भएको निर्वाचनमा सिंखडा बिजयी भए  भने महासचिव रस्मिता दर्लामी चुनिएकी छन् । यसअघिको कार्यसमितिमा सिंखडा महासचिव र दर्लामी कोषाध्यक्ष थिए ।
त्यसैगरि नयां कार्यसमितिमा रेखा खरेल सांस्कृतिक सचिव, गङ्गा साम्पाहांग कोषाध्यक्ष र यमुना आले सहकोषाध्यक्ष बनेकी छिन् ।सदस्यहरुमा अनिता खरेल , रफी श्रेष्ठ , आज्ञा खनाल , बिनु लामिछाने र सुदर्शना शाक्य चयन भएका छन ।
नेतृत्व चयनका लागि टुका स्याण्डवेलको अध्यक्षतामा अजिता सिंखडा र बासु लामिछाने सम्मिलित निर्वाचन समिति गठन गरिएको थियो ।अध्यक्ष सुशिला कार्कीको अध्यक्षतामा सम्पन्न अधिवेसनमा संस्थाको   वार्षिक तथा आर्थिक  प्रतिवेदन  छलफलपछि पारित गरिएको थियो ।

सन् २००८ मा स्थापित एशोसिएसनमा अहिले बेलायतमा कार्यररत ३ सय बढि नर्सहरु सक्रिय रुपमै आबद्ध छन् । हालसालै च्यारिटीमा समेत दर्ता भइसकेको एशोसिएसनले नेपालमा कैयौं च्यारिटीका कामहरु गर्दै आएको छ ।