पूर्वसभासद् चौधरीको निधन

laxmiराजविराज, ३० भदौ । पूर्वसभासद् डा लक्ष्मीलाल चौधरीको ७८ वर्षको उमेरमा बुधवार निधन भएको छ । सप्तरीको हरिहरपुर–९ निवासी चौधरीको आफ्नै घरमा निधन भएको बताइएको छ ।

महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका पूर्वप्राध्यापकसमेत रहनुभएका चौधरी पहिलो संविधानसभा विसं २०६४ सालमा नेपाल लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट सभासद् बन्नुभएको थियो ।

चौधरीलाई बुधबार साँझ सामाजिक परम्पराअनुसार गाउँमै अन्त्येष्टि गरिएको छ । सभासद् चौधरीका दुई छोरा र दुई छोरी रहेका छन् ।