नेपाल फर्कने तयारीमा कुमार लामा, लिए ट्राभल डकुमेन्ट

kumar lamaलन्डन– तीन वर्षपछि आफू माथि लगाइएका यातनासम्बन्धि दुई मुद्दामा गत साता सफाइ पाएका कर्णेल कुमार लामाले स्वदेश फर्कने तयारी सुरु गरेका छन् ।

लामाले लन्डनस्थित नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट लिएको दूतावास श्रोतले जनाएको छ । निवेदन दिन आफैं पुगेका लामाको ट्राभल डकुमेन्ट दूतावासले सोमबार लामाको घर ठेगानामा पोष्ट गरिदिएको हो ।

लामाको पासपोर्टको म्याद सकिएकाले ट्राभल डकुमेन्टमार्फत यात्रा गर्न लागेका हुन् । महासेनानी लामाले नेपाल गएर पुन: सैनिक जागिर सुरु गर्नेछन् ।
तर, उनी कहिले नेपाल जान्छन् भन्ने चाहिं यकिन भइसकेको छैन् ।

दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्तिस्थापक सेनामा खटिएका बेला छुट्टीमा परिवार भेट्न बेलायत आउँदा सन् २०१३, जनवरी ३ मा लामालाई लन्डन मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको थियो ।

तर, लामाको पीआरबारे सैनिक मुख्यालयमा प्रश्न उठेपछि जंगी अड्डाले काममा फर्काउनेबारे अध्ययन सुरु गरेको छ ।