महरा आज फेरि चीन जाँदै

काठमाडौं– केही दिन अगाडि प्रधानमन्त्रीको विशेष दूतका रुपमा बेइजिङ गएर फर्केका उपप्रधानमन्त्री एवम अर्थ मन्त्री कृष्णबहादुर महरा आज फेरि चीन जाँदैछन् । तर, यसपाली उनी राजनीति भेटघाटका लागि नभई पर्यटन तथा संस्कृति प्रर्दशनीको उद्घाटनका लागि जान लागेका हुन् ।

महराका प्रेस संयोजक त्रिभुवन पौडेलका अनुसार आजबाट लासामा शुरु हुन थालेका तेस्रो चाइना पर्यटन तथा संस्कृति प्रर्दशनीको उद्घाटनका लागि उपप्रधानमन्त्री त्यहाँ जान लागेका हुन् । प्रर्दशदी १६ सेप्टेम्वरसम्म चल्ने छ ।

चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमण स्थगन भएको व्यहोराको समाचार प्रकाशमा आएकै बेला उपप्रधानमन्त्री महरा लासा जान लागेका हुन् । यसकारण उनको भ्रमणलाई बढी चासोले हेरिएको छ ।