लन्डन । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री)लाई बेलायतको राजदूत नियुक्त गर्नुभएको छ ।
सुबेदी परराष्ट्र सेवाका वरिष्ठ अधिकृत हुनुहुन्छ । उहाँलगायत परराष्ट्र सेवाबाट राजदूतमा सिफारिस हुनेहरूको संसदीय सुनुवाइ सकिएकाले नियुक्तिका लागि बाटो खुलेको थियो । राजनैतिक दलबाट भागबन्डामा पर्नेहरूको भने सुनुवाइ रोकिएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा क्षेत्रीलाई राष्ट्रपतिले मंगलबार बेलायतको राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
पूर्ववर्ती केपी ओली सरकारले क्षेत्रीलाई राजदूत सिफारिस गरेको थियो ।






