‘लन्डन मेला’मा नेपाल पनि सहभागी हुँदै, के छन् मेलाका विशेषताहरु ?

london-melaलन्डन– हरेक वर्ष लण्डनमा आयोजना हुने लण्डन मेला यो वर्ष सेप्टेम्बर ३ तारिख शनिबार हुँदैछ । विगतका वर्षहरुमा जस्तै यसपटक पनि मेलामा नेपालको प्रतिनिधित्व व्यापक बनाउने तयारी भएको छ ।

लण्डनस्थित नेपाली दूतावासको समन्वयमा प्रथम नौमति बाजा यूके गुल्मी र नेपाल पर्यटन बोर्डले मेलामा नेपाललाई प्रतिनिधित्व गर्दैछन् । मेला यो वर्ष वेम्बली पार्कमा आयोजना हुँदैछ ।

एसियन समुदायको कला, संस्कृति, संगीत, खाना लगायतका विविध विशेषताहरु एकैठाउँमा प्रस्तुत गर्ने उद्देश्यले १४ वर्षअघि मेला सुरु गरिएको थियो । लण्डन मेला युरोपकै सबैभन्दा ठूलो मेला मानिन्छ । मेला हेर्न १ लाखको हाराहारीमा दर्शक आउने गर्छन् ।

मेलामा सन् २०१० देखि हरेक वर्ष नेपालको पनि प्रतिनिधित्व हुँदै आएको छ । लण्डनस्थित नेपाली दूतावासको समन्वयमा बेलायतस्थित प्रथम नौमति बाजा यूके गुल्मीको समुहले हरेक वर्ष सहभागिता जनाउंदै आएको छ । झण्डै लाखकै हाराहारीमा भेला हुने विदेशी दर्शकहरुमाझ नेपाली नौमति बाजा निकै ठूलो आकर्षण बन्दै आएको छ ।

मेलामा यस वर्ष पनि नेपाली दूतावासको एक छुट्टै स्टल रहने नेपाल पर्यटन बोर्डका बेलायतस्थित जनसम्पर्क प्रतिनिधि पशुपति भण्डारीले बताए ।

मेला हेर्न पैशा लाग्दैन ।

तस्बिर गत वर्षको मेलाको हो ।