नेपालगन्जमा राखिएको पूर्वराजा विरेन्द्रको शालिक प्रहरीले हटायो

नेपालगन्ज- राष्ट्रवादी युवाहरूको समूहले बिहीबार नेपालगन्जको धम्बोझी चोकमा राखेको पूर्वराजा विरेन्द्रको शालिक प्रहरीले राति २ बजे हटाएको छ।

शालिक हटाउन खोज्दा अवरोध गरेको भन्दै प्रहरीले राष्ट्रवादी युवा समूहका १० जनालाई नियन्त्रणमा लिएको छ।

पूर्वराजा विरेन्द्रको शालिक हटाएर प्रहरीले उक्त स्थानमा नेपालको राष्ट्रिय झन्डा राखेको छ।

यसअघि पनि यहाँ राष्ट्रिय झन्डानै राखिएको थियो।

राष्ट्रिय झन्डा फेर्ने भनेर प्रहरीलाई झुक्काएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सर्मथक युवाहरूको समूहले राजा वीरेन्द्रको शालिक राखेका थिए।

राष्ट्रवादी युवा समूहले पूर्वराजाको शालिक राखेपछि प्रहरी र युवाहरुबिच केहीबेर झडप समेत भएको थियो।