एनबीसी यूकेको तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न (भिडियो सहित)

लन्डन । नेपलिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेले शनिबार सांझ ह्यारो बरो फुटबल क्लवमा तीज विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा तीज गीतमा महिलाहरु मज्जाले नाचे अनि दर खाए ।nepali embassy 2016 201

एनबीसीका एक्जुकेटिभ अफिसर समिरनाथ प्याकुरेलले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष कमलराज खनालले तीज पर्वको शुभकामना दिंदै नेपाली कला, संस्कृतिलाई प्रवासमा समेत जीवन्त राख्न जरुरी रहेकोमा जोड दिए ।

सचिव मिलन घिमिरेले सहभागी सबैलाई धन्यवाद दिंदै तीज पर्वको 
सांस्कृतिक महत्वबारे बताए । कार्यक्रमको शुरुमा हालै दिवंगत गायक खेम गुरुङप्रति श्रद्धाञ्जलि अर्पण 
गर्दै उनको चर्चित गीत वारी जमुना पारी जमुना….बजाइएको थियो ।nepali embassy 2016 180

त्यस लगत्तै इन्दिरा पौडेल, अन्जु रेग्मी, कल्पना खनाल, सुमित्रा शर्मा, लक्ष्मी गौतम, जमुना ढकाल, रेनुका पाण्डे, पार्वती सिलवाल र पूजा आचार्यले सामूहिक तीज गीत गाएका थिए । सुस्मिता सिग्देल र प्रज्ञा खनालले सिरैमा शिरबन्दी रिमिक्स गीतमा नृत्य देखाए । रिमा भण्डारी, रिता भण्डारी, निशा ढकाल, लक्ष्मी गौतम, सुजाता ढकाल लगायतले पनि एकल नाच देखाएका थिए । कार्यक्रम विल्कुल सांगीतिक माहोलमा भएको हो ।nepali embassy 2016 219

उक्त अवसरमा चौतारी रेष्टुरेन्टले खाना व्यवस्था गरेको थियो । कार्यक्रमलाई  आइएमइ यूकेका कमल पौडेल, एनआरएनए यूके आइसीसी सदस्य एवं क्रिस फुडका कृष्ण तिमिल्सिना, प्रभु न्यौपाने, चौतारी रेष्टुरेन्टका सञ्चालक गंगा राना, चुडामणी रेग्मी लगायत व्यवसायीले प्रायोजन गरिदिएका थिए । साउण्ड इन्जिनियर 
हेमराज विष्टको ननस्टप डिजे अनि तीज गीतमा सहभागी अबेरसम्म नाचेका थिए ।