काठमाडौं– प्रचण्ड नेतृत्वको सरकारमा एउटा गजवको संयोग देखिएको छ । ससुर र ज्वाई एउटै मन्त्रीपरिषद्का सदस्य भएका छन् । यस्ता भाग्मानी ससुरा–ज्वाई हुन्, अर्जुन नरसिंह केसी र गगन थापा ।
केसी काँग्रेस सभापति शेरबहादुर देउवा समुहबाट शहरी विकास मन्त्री भएका हुन् ।
उता उनका ज्वाई गगन चाहिँ काँग्रेस नेता कृष्ण सिटौलाको गुटबाट स्वस्थ्य मन्त्रीको लागि सिफारिस भएका हुन् ।
काँग्रेसका पछिल्लो पटक सिफारिस १३ मन्त्रीको सूचिमा केसी र थापा परेका हुन् । आज नै उनीहरुले सपथ लिएका छन् ।
काँग्रेसको महाधिवेशनमा केसी देउवा समूहबाट र थापा सिटौला समूहबाट महामन्त्रीका रुपमा चुनाव लडेका थिए । तर, महामन्त्रीमा संस्थपनपक्षका शशाङ्क कोइराला विजयी भएका थिए ।






