पिटरबरो,
पिटरबरो र वरपर बस्ने नेपाली महिलाहरुले तीजको दर खाने र खुवाउने कार्यक्रम हिजो अगस्ट २४मा भब्यताका साथ सम्पन्न गरेका छन।
स्थानिय नेपाली महिलाहरुको सक्रियता र पिटरबरो नेपाली समाजको सहयोगमा दर खाने र खुवाउने कार्यक्रम पिटरबरोको स्थानिय वेस्टवुड हलमा सम्पन्न भएको थियो। नेपाली चाडपर्व संस्कृती र परम्परालाई बिदेशमा पनि जिवन्त राख्ने र नयाँ पुश्तालाई परिचित गराउने उदेश्यले गरिएको दर खाने र खुवाउने कार्यक्रमा महिलाको ठूलो सहभागिता थियो।
रंगीचंगी साडी चोलो पहिरन र गरगहनामा सजिएर आएका पिटरबरोका महिलाहरु बिशेषको यो कार्यक्रम नेपालको कुनै तीजको कार्यक्रम भन्दा कम महशुस नभएको सहभागीहरु बताउँछन्। नयाँ पुश्ताको सहभागीता पनि उल्लेख्य रहेको समाजको तर्फबाट कार्यक्रमलाई सफल बनाउन खटिनु भएका समाजका उपाध्यक्ष शिव भण्डारी बताउनु हुन्छ।
यस दर खाने खुवाउने कार्यक्रममा समाजका महिलाहरुले झन्डै ४ घन्टा तीजको गीत घन्काएर एक अर्कालाई नाच्न नचाउने काम गरे। स्पल्डिङको गोरखा ओवन रेष्टुरेन्टबाट मगाइएको स्वादिलो नेपाली खानामा रमाए। स्थानिय जिमि स्पाइसले पनि समोसा र अन्य केही परिकारहरु उपलब्ध गराएको थियो। यसरी दिदीबहिनीहरु भेट भएर रमाइलो गरेर मनाउँदा केही हद सम्म नेपालको निरास मेटिएको सहभागीहरु बताउनुहुन्छ। यसरी दर खाने र खुवाउने काममा समाजका महिलाहरु, सुजि मुल्मी, अर्चना शर्मा, सीता बेलबासे, सुबेला खतिवडा, सुनिता भट्ट, सुनिता कार्की मिना पौडेल तथा अन्य धेरैको महत्त्वपुर्ण भुमीका रहेको थियो।
त्यसैगरि दर खाने र खुवाउने कार्यक्रमको सफलताको लागी कार्यक्रम पुर्व नै समाजको भाइवर ग्रुप मार्फत समाजका अध्यक्ष पवन शर्मा र महासचिव नृपेश उप्रेतीले शुभकामना दिनु भएको थियो भने र सफलता पुर्वक सम्पन्न भइसकेपछि सबैलाई र विशेष गरि कार्यक्रम सफल बनाउन महत्वपुर्ण भुमिका खेल्नु हुने उपाध्यक्ष शिव भण्डारी, सदस्य ध्रुब धिताल, केशव खतिवडा, बिरेन मुल्मी, प्रमोद ढकाल र गीरीराज भण्डारीलाई धन्यवाद दिनु भएको थियो।






