पोर्न साइट हेर्नेमा एक चौथाइ महिला, स्मार्टफोनको हिस्सा ५० प्रतिशत

smart
ल्यापटपमा पोर्न सामाग्री हेर्ने चलनले म्यागेजिनलाई विस्थापित गर्यो । अब भने मोबाइलले डेक्सटपलाई प्रतिस्थापन गर्ने देखिएको छ, एडल्ट साइट हेर्ने मामिलामा ।
पोर्न सम्बन्धि चर्चित वेबसाइट पोर्नहर्वले गरेको एक अध्ययन अनुसार गएको वर्ष स्मार्टफोनबाट पोर्न साइट भिजिट गर्नेहरुको संख्यामा १२ प्रतिशतले वृद्धि भएको छ ।
तथ्यांक अनुसार स्मार्टफोनबाट पोर्न साइट हेर्नेहरुमध्ये झण्डै ५० प्रतिशत एन्ड्रोइड स्मार्टफोनवाला छन् । एन्ड्रोइड स्मार्टफोनबाट पोर्नसाइट हेर्नेको संख्यामा अघिल्लो वर्ष ११ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

पोर्नहबले प्रकाशित गरेको सन् २०१४ को वाषिर्क रिपोर्ट अनुसार गएको वर्ष उक्त साइटमा पोर्न भिडियो हेर्ने ७८ अर्ब ९० करोड जना थिए । जसमा ४५ प्रतिशत स्मार्टफोनबाट हेरिएको थियो । डेक्सटप कम्प्युटर प्रयोग गरि पोर्न साइट हेर्ने ४४ प्रतिशत रहेका छन् भने ट्याबलेट प्रयोग गर्ने ११ प्रतिशत ।

तथ्यांक अनुसार पोर्न साइट सबैभन्दा बढि हेरिनेमा अमेरिका पहिलो नम्बरमा छ । बेलायत दोश्रो तथा क्यानडा तेश्रो स्थानमा रहेको छ । चौथो स्थानमा भारत रहेको छ । जर्मनी, फ्रान्स, इटाली, अस्ट्रेलिया, ब्राजिल र मेक्सिको क्रमशः दशौँ स्थानसम्म रहेका छन् ।

तथ्यांक अनुसार फोनबाट पोर्न साइट हेर्ने चलन टर्की र इस्टोनियामा सबैभन्दा उच्च दरमा बढेको छ । पोर्नसाइट हेर्दाको स्मार्टफोन ट्राफिक टर्कीमा अघिल्लो वर्ष ६ सय ३५ प्रतिशतले बढेको छ भने इस्टोनियामा १ सय ४२ प्रतिशतले । त्यस्तै ट्याबलेटबाट पोर्नसाइट हेर्ने मामिलामा मलेसियाले सबैभन्दा उच्चदरको वृद्धि कायम गरेको छ । मलेसियामा गएको वर्ष ट्याबलेटबाट पोर्नसाइट हेर्ने दरमा १ सय ३८ प्रतिशतले वृद्धि भएको छ भने कोलम्बियामा १ सय २८ प्रतिशतले ।

अघिल्लो वर्ष डेक्सटपबाट पोर्नसाइट हेर्नेहरुको संख्यामा १३ प्रतिशतले कमी आएको छ ।

अघिल्लो वर्ष एन्ड्रोइड स्मार्टफोनबाट पोर्नसाइट हेर्नेको संख्या ११ प्रतिशतले बढ्दै ४९.९ प्रतिशतमा पुगेको छ । दोश्रो स्थानमा रहेको एप्पलको आइओएसको हिस्सा ४०.२ प्रतिशत रहेको छ । तेश्रो स्थानमा विन्डोज स्मार्टफोन र चौथो स्थानमा ब्लाकबेरी रहेको छ ।

पोर्नसाइटमा सबैभन्दा धेरै समय बिताउनेहरुमा फिलिपिनोहरु एक नम्बरमा रहेका छन् । फिलिपिनोहरुले गएको वर्ष प्रत्येक पटकको क्लिकमा पोर्नहवमा औषतमा १२ मिनेट ४० सेकेण्ड बिताएका छन् । दोश्रो स्थानमा रहेका अमेरिकीहरुले ९ मिनेट ४० सेकेण्ड बिताउने गर्छन् । तेश्रो स्थानमा अस्ट्रेलियन, चौथोमा क्यानेडाली तथा पाँचौमा बेलायती छन् ।

तथ्यांक अनुसार विश्वमा पोर्नसाइट हेर्नेमध्ये २३ प्रतिशत महिला रहेका छन् । पोर्नसाइट सबैभन्दा धेरै हेर्ने महिला ब्राजिलका रहेका छन् । ब्राजिलमा पोर्नसाइट हेर्नेहरुमध्ये ७१ प्रतिशत पुरुष र २९ प्रतिशत महिला छन् । पोर्नसाइट हेर्ने मामिलामा ब्राजिलियन पछि अर्जेन्टिनी महिलाहरु दोश्रो स्थानमा छ । तेश्रोमा पोल्याण्ड, चौथोमा फिलिपिन्स तथा पाँचौमा फिनिस महिलाहरु रहेका छन् । भारतीय महिलाहरु पोर्नसाइट हेर्ने मामिलामा विश्वमा छैटौँ स्थानमा रहेका छन् । गएको वर्ष पोर्नहब हेर्ने भारतीयहरुमध्ये २५ प्रतिशत महिला तथा ७५ प्रतिशत पुरुष रहेका छन् । अध्ययनले सन् २०१४ मा पोर्न साइट हेर्ने महिलाहरुको संख्या बढेको देखाएको छ ।

विश्वमा कुन महिना तथा दिनमा मानिसहरुले पोर्नसाइट बढि हेर्छन् त ? पोर्नहबको तथ्यांक अनुसार पोर्नसाइट हेर्नका लागि सबैभन्दा पि्रय दिन नोभेम्बरको सोमबार रहेको छ । जबकी फेब्रुअरी र मार्च महिनाको शुक्रबारमा भने मानिसहरुले सबैभन्दा कम मात्रामा पोर्न साइट हेर्ने गरेका छन् ।