अन्तरास्ट्रिय नेपाली समाज युकेले बाडीपिडितको सहयोगार्थ १ दिने योगा सिविर डा योगी बिकशानन्द मार्फत सम्पन्न गरेको छ । लन्डनको फ़ेल्थेम कम्युनिटी कलेजको सभाहलमा आइतबार सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपालका कार्यबाहक राजदुत श्री सरदराज आरनको आथित्यमा सम्पन्न भएको थियो । बेलायतको नेपाली समाजमा सकारात्मक उर्जा साथै बिसुद्ध च्यारिटीको भावनाले गरिएको कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको आयोजनामा भएको कार्यक्रममा योगगुरुले मानव जीवनलाई कसरी खुसी राख्ने भन्ने विषयमा प्रवचन तथा विभिन्न आसनमा योगा गर्न सिकाए ।
अन्तर्राष्ट्रिय नेपाली समाज यूकेका संयोजक भोला खनालले कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै समाजले समृद्ध नेपाल बनाउने परिकल्पना गर्दै विभिन्न परोपकारी काम गर्दै आएको बताए । कार्यक्रममा व्यवसायी पशुपति भण्डारी, कृष्ण भट्ट, कानुन व्यवसायी कमल कँडेल, नेपाली दूतावास लन्डनका एट्याची तेजेन्द्र रेग्मीलगायतको उपस्थिति थियो ।
कार्यक्रम सफलपार्न महत्वपुर्ण भूमिका निभाउने सुरोज मास्के , हेम गुरुङ ,पाण्डव महतो , बिरेन्द्र श्रेष्ठ ,जगन कार्की , धन गुरुङ,भोला खनाल , शकुन्तला गुरुङ , पुस्प उप्रेती , रुद्र श्रेष्ठ , रुद्र ढकाल ,गणेश अधिकारी , सव तिमल्सिना , श्रीराज कार्की , नबिना गुरुङ लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी , उपस्थित सम्पूर्ण महानुभावहरु र आर्थिक तथा विभिन्न रुपमा सहयोग गर्ने सबैमा INS-UK ले धन्यबाद ब्यक्त गरेको छ । कार्यक्रमबाट संकलित रकम नेपालका बाढीपीडितलाई सहयोगार्थ खर्चिने आयोजकले जनाएको छ । 
कार्यक्रम पछि बसेको अन्तरास्ट्रिय नेपाली समाजको बैठकले हालसम्मका गतिविधिहरुको समिक्षा गर्दै विभिन्न निर्णयहरु गरेको छ ।
– प्रवक्ता जगन कार्कीलाइ महासचिवको जिम्मेवारी र पाण्डव महतोलाइ सचिवको जिम्मेवारी दिने ।
-आगामी नोभेम्बर महिनामा अधिबेसन गरिने, मिति छलफल र परिस्थिती हेरेर तोकिने
-१३ सदस्सिय सचिवालय गठन
सचिवालयमा
संयोजक -१
सहसंयोजकहरु -३
प्रवास प्रदेश सल्लाहकार -१
संगठन बिभाग प्रमुख -१
महिला बिभाग -१
आर्थिक बिभाग प्रमुख -१
महासचिब -१
सचिब -१
व्यपार भिभाग – १
युवा संयोजक -१
मिडिया कोअर्डिनेटर -१
– बिधान निर्माणको लागि समिति गठन
सहसंयोजक तथा प्रवास प्रदेश समिति सदस्य कर्म पहाडीको नेतृत्वमा ५ सदस्सिय बिधान कमिटि निर्माण
१.कर्म पहाडी
२. पुस्प उप्रेती
३. रुद्र श्रेष्ठ
४. प्रकाश शर्मा
५. रेशम थापा
– प्रवाश प्रदेसमा ३ जना प्रतिनिधि थप गर्नेबारे भएको छलफलमा निम्न ३ जनाको नाम सिफिरिस गर्ने निर्णय भएको छ ।
१. हेम गुरुङ
२. रेशम थापा
३. रुद्र श्रेष्ठ
कार्यक्रममा आर्थिक संयोजक कृष्ण गैरेले हालसम्मको आर्थिक विवरण पेस गरेका थिए भने INS-UK को कार्य समितिलाई नयशाक्ति नेपालका केन्द्रिय सल्लाहकार डा योगी बिकशानन्दले प्रतक्ष प्रशिक्षण दिनुभएको कुरा महासचिब जगन कार्कीले बताए ।







