बेलायतको नेपाली समुदायमा 
राम्रो छाप छाडेर फर्कंदैछन्, डंगोल

dangol3लन्डन । लन्डनस्थित नेपाली दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोल आफ्नो चार वर्षे कार्यकाल सकेर भोलि बिहीबार नेपाल फर्कंदैछन् । नेपाल फर्कनु अघि दूतावास कर्मचारीहरुले मंगलबार डंगोलको विदाइ गरेका छन् ।

उक्त अवसरमा कार्यवहाक राजदूत शरदराज आरन र सैनिक सहचारी 
प्रदीपजंग केसीले डंगोललाई मायाको चिनो प्रदान गर्दै आगामी दिनमा अरु सफलता मिलोस् भन्ने कामना गरे । दूतावासमा रहंदा डंगोलले 
आफ्नो जिम्मेवारी वहनमा कुनै कमी हुन नदिएको भन्दै उनीहरुले कामको प्रशंसा समेत गरेका थिए ।dangol1

डंगोलले चार वर्ष अवधिमा दूतावासबाट प्राप्त सहयोग र साथप्रति कृतज्ञता व्यक्त गरे ।

मिलनसार र कामप्रति बफादार डंगोल बेलायतको नेपाली समुदायमा 
राम्रो छाप छाडेर जांदैछन् । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को समयसीमा होस् वा बेलायतका विभिन्न शहरमा एमआरपी फाराम लिन घरदैलो कार्यक्रम, भीडमा काम गर्न उनी कहिल्यै विचलित भएनन् । कामको अत्यधिक चापमा पनि उनी कसैको काममा नाइ भन्न सक्दैनथे ।

 

डंगोलले  बेलायतबाट आफूले धेरै सिकेको र 
आफ्नो कामबाट सन्तुष्ट रहेको बताए । उनले बेलायतस्थित नेपाली समुदायबाट अत्यधिक माया पाएको बताउंदै दूतावासका अन्य कर्मचारीहरुले पनि उस्तै सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

विदाई कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत शरदराज आरनले डंगोलले आफ्नो कार्यकाल निकै सफलताका साथ सम्पन्न गरेको चर्चा गर्दै आगामी दिनको सफलताको लागि शुभकामना दिए । कार्यक्रममा नेपाली दूतावास लन्डनमा कार्यरत कर्मचारीको उपस्थिती थियो ।dangol

वि.स. २०३८ सालमा परराष्ट्र सेवा प्रवेश गरेका डंगोल नेपाल पुगेको तीन दिनपछि अवकास लिंदैछन् ।डंगोल नेपाल फर्किए पछि उनको कार्य समाल्न भुपेन्द्र प्रसाद घिमिरे लन्डन आइपुगेका छन् ।