चैत महिनाभित्र स्थानीय निकायको निर्वाचन हुन्छ: सञ्चारमन्त्री

;~rf/ dGqLnfO{ z'esfdgf sfo{qmd g]kfn kqsf/ dxf;ª3df dªunaf/ cfof]hgf u/]sf] z'esfdgf sfo{qmddf dGtJo JoQm ub}{ ;"rgf tyf ;~rf/ dGqL ;'/]Gb|s'df/ sfsL . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले (एमाले)लाई विश्वासमा लिएर चैत महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा मन्त्री कार्कीले मधेसकेन्द्रित दलका मागलाई सम्बोधन गरी निर्वाचन गर्न सकिने बताउँदै त्यसका लागि आवश्यक परेमा संविधान संशोधन गर्न एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विगतको सरकारले श्रमजीवी पत्रकारलाई सिफारिस गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का नेता एवम् पूर्वसञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्री चुनावमा मधेसकेन्द्रित दल सहभागी भएकाले संविधान संशोधनको आवश्यकता नरहेको बताउँदै अहिलेको म्यादी सरकारले चुनाव गराउन नसक्ने र समयमै चुनाव नभए अहिलेका उपलब्धि गुम्नसक्ने खतरा रहेको विचार व्यक्त गर्नुभयो ।

नेपाली काँग्रसका नेता चन्द्र भण्डारीले अघिल्लो पुस्ताले बिगारेको राजनीतिलाई नयाँ पुस्ताले सपार्नुपर्ने विचार व्यक्त गर्दै प्रतिपक्ष दललाई साथमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनमा मधेसको योगदान रहे पनि त्यहाँका जनताले अधिकार प्राप्त गर्न नसकेकामा चिन्ता गर्दै सीमा सुरक्षाका लागि पनि तराईका जनतालाई बलियो बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।