एमालेले स्थायी कमिटी बैठक बोलायो

CPN-UMLकाठमाडौं– शनिबार स्थगित एमालेको स्याथी समिति वैठक आइतबार बस्दैछ ।

नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी विस्तार, जनपरिचालनलगायतका विषयमा बैठक हुन लागेको थियो । केही नेताहरुको व्यस्तता र तयारी अपुगका कारण शनिवार बस्न नसकेको बैठक आज दिउँसो ३ बजे बस्ने पार्टीका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा एमालेभित्र मतभेद छ । नयाँ सरकार गठनपछि यो स्थायी समितिको पहिलो वैठक हो ।