प्रधानमन्त्री कोइराला र उपमहासचिव फेल्टम्यानबीच भेट

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानले प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा फेल्टम्यानले नेपालमा राजनीतिक दलहरुबीचको सहमति, सम्झौता र मुलुकको वृहत्तर हितअनुसार संविधान निर्माण भैरहेको आफूले विभिन्न नेताहरुसँगको भेटमा जानकारी पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । साथै उहाँले नेपालमा समय मै संविधान बनोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो ।
सो भेटमा प्रधानमन्त्री कोइरालाले सहमित कै प्रक्रियाबाट राजनीतिक दलहरु यहाँसम्म आइपुगेको जानकारी गराउँदै लोकतान्त्रिक प्रक्रिया र जनमतअनुसार नै बृहत्तररुपमा संविधान बनाउन लाग्ने बताउनुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो ।