लन्डन- अभिनेत्री प्रियंका कार्की ८ अगष्ट सोमबारका दिन लन्डन आउने भएकी छन् ।
२१ अगष्ट आइतबार सांझ एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा हुन लागेको ५ औं मिस यूके नेपाल २०१६ का प्रतिष्पर्धीहरुका लागि कोरियोग्राफी गर्न प्रियंका यूके आउन लागेकी आयोजक शान्ति गुरुङले जानकारी दिइन् ।
नेपाल फर्कनुअघि प्रियंकाले मिस यूके नेपालका सुन्दरीहरुलाई कोरियोग्राफी र अन्य प्रशिक्षण दिनेछन् ।
६ महिनाबीचमा उनी दोश्रोपटक लन्डन आउन लागेकी हुन् ।






