काठमाडौं- सकारकाले राजनीतिक दलको कोटाबाट प्रस्ताव भएका १४ राजदूतको नाम फिर्ता लिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को दोस्रो बैठकले विभिन्न देशहरुका लागि राजनीतिक नियुक्तिबाट प्रस्तावित १४ राजदूतहरुको नाम फिर्ता लिने निर्णय गरेको हो ।
केपी ओली नेतृत्वको सरकारले विभिन्न देशका लागि २२ राजदूत प्रस्ताव गरेको थियो । ती मध्ये परराष्ट्र सेवाबाट आएका ८ जना छन् ।
अघिल्लो सरकारले गत वैशाख ७ गते १४ जनाको नाम राजदूतको लागि प्रस्ताव गरेको थियो । प्रस्तावित राजदूतमा एमालेबाट महेन्द्रबहादुर पाण्डे, डा.खड्गबहादुर केसी, नारद भारद्वाज वाग्ले, डा.शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी र युवराज कार्की थिए ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्रप्रसाद सिंह र पदम सुन्दास तथा राप्रपा नेपालबाट, राप्रपा र फोरम लोकतान्त्रिकबाट क्रमशः खगेन्द्र बस्न्यात, निरन्जन थापा, शर्मिला पराजुली ढकाल र भरतबहादुर रायमाझीको नाम प्रस्तावित थियो ।
परराष्ट्र सेवाबाट सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झविन्द्रप्रसाद अर्याल, दुर्गावहादुर क्षेत्री र लोकबहादुर थापा प्रस्तावित राजदूत हुन । उनीहरुको प्रक्रिया भने अघि बढने जनाइएको छ ।
ओली सरकारले प्रस्ताव गरेका २२ मध्ये १४ राजदूत फिर्ता






