काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । नेताहरुबीच आन्तरिक सहमति भइसकेको र आज नेम्वाङसहितको थप छलफलले टुङ्गो लगाउने छ । उपाध्यक्ष वामदेव गौतमले प्रचण्डविरुद्ध उम्मेदवारी नदिने र दिनुनपर्ने भए दलको नेता बनाउनुपर्ने अडान राखेपछि नेम्वाङलाई अघि सार्न लागिएको हो ।
पार्टीको तर्फबाट उम्मेदवारी दिने विषयमा औपचारी निर्णय भएको छैन । आज स्थायी समितिको बैठकले र्औपचारीक निर्णय हुनेछ । स्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफूले राजीनामा दिएलगत्तै बहुमतीय प्रक्रियामा जानुपरे प्रधानमन्त्रीको उम्मेदवार हुन उपाध्यक्ष वामदेव गौतमलाई प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावपछि गौतमले विगतमा आफूसँगको सहमतिसमेत कार्यान्वयन गर्दै संसदीय दलको नेता बनाइए उम्मेदवार बन्न तयार रहेको जवाफ दिएका थिए ।
तर गौतमले आफु प्रचण्डसँग उम्मेदवार नबन्ने बताएकाले नेम्वाङ र्नै विकल्प्मा देखिएका छन् । यसअघि मालेका महासचिव सीपी मैनालीलाई पनि उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो । तर प्रमुख प्रतिपक्ष दल भएकाले पार्टी बाहिर उम्मेदवार लैजान नहुनेमा धेरै नेताहरु एकमत भएपछि पार्टी भित्रेबाट उम्मेदवार बनाउन लागिएको हो ।
प्रधानमन्त्रीमा एमालेले प्रचण्ड विरुद्ध नेम्वाङलाई अघि सार्ने






