काठमाडौं- नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि आगामी भोलि बुधबार निर्वाचन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक साताको सयम सीमा कुनै प्रगति नभएपछि उनले सोमबार नै बहुमतीय सरकार गठनको प्रक्रिया थाल्न आह्वान गरेकी थिइन् ।
संसदको सोमबार दिउँसोको बैठकमा सभामुख ओनसरी घर्तीले बुधबार बिहान ११ बजे प्रधानमन्त्री चयनका लागि चुनाव हुने जानकारी दिइन् । संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको छ । महासचिव मनोहरप्रसाद भट्टराईले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्रीका लागि आज मंगलबार विहान ११ देखि साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ । साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।
बुधबारको विहान ११ बजेको बैठकले प्रधानमन्त्री चयन गर्नेछ । संविधानको धारा २९८ को (३) उपधारा (२) बमोजिम सहमति कायम हुन नसके व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ ।
ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कांग्रेस–माओवादीको गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीका उम्मेदवार हुन् । २०६५ साउनमा पहिलोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका दाहाललाई मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने आश्वासन दिइसकेका छन् ।
सहमतीय सरकारका लागि सात दिनको समय सीमा भित्र दलहरुबीच सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले सोमबार बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आह्वान गरेकी थिइन् । एक साताको समय आइतबार सकिएको थियो ।
प्रधानमन्त्रीको निर्वाचन भोलि , आज उम्मेदवारी दर्ता







![;+;bdf 5nkmn hf/L k|wfgdGqL s]kL zdf{ cf]nLdfly Joj:yflksf–;+;bsf] ljZjf; 5}g eGg] cljZjf;sf] k|:tfjdf 5nkmn x'Fbf cfOtaf/ pkl:yt ;f+;bx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://www.londonnepalnews.com/wp-content/uploads/2016/07/bicc-samsadh.jpg)