तेह्रथुमको छुर्पी अमेरिकामा ‘मारामार’ बिक्री

Onfdsf] km"PtKkf–# sf s0f{axfb'/ /fO{sf] 3/sf] cu]+gfdfly ef/df ;'sfpg /flvPsf] ufO{sf] b'waf6 agfOPsf] 5'kL{ . s's'/sf] cfxf/fsf nflu oxfFsf] 5'kL{ cd]l/sf;Dd k'Ug yfn]sf] 5 . tl:j/M uf]ljGb nfld5fg]÷Onfd /f;;

तेह्रथुम, साउन १२ । तेह्रथुममा उत्पादित छुर्पी र अन्य दुग्धजन्य उत्पादन अमेरिकातर्फ निर्यात हुन थालेको छ ।

दुग्धजन्य उद्योगले उत्पादन गरेका छुर्पी, चकलेट, नौनी, घ्युलगायतका दुग्धजन्य उत्पादन अमेरिकालगायत अन्य मुलुकतर्फ निर्यात हुन थालेको हो ।

पूर्वका धरान, इटहरी र विराटनगरका व्यापारीमार्फत् यहाँ उत्पादित छुर्पी निर्यात हुन थालेको व्यवसायीहरुले बताएका छन् ।

स्थानीयले घर गाउँमै परम्परागत रुपमा उत्पादन गरेको छुर्पी उच्चस्तरको हुने भन्दै व्यापारीहरु गाउँमै गाउँमै पुग्न थालेपछि बजारको समस्यासमेत हटेको छ ।

नेपालमा उत्पादित छुर्पी अमेरिकालगायत सम्पन्न राष्ट्रले ‘डग च्यु’ अर्थात् कुकुरको आहारका लागि खरिद गर्ने गरेको व्यवसायीले बताए ।

अहिले तेह्रथुमको बसन्तपुर, हमरजुङ, ओख्रे, फुलेक, सुदापलगायत गाउँमा करिब दुई दर्जन बढी छुर्पी तथा दुग्धजन्य उद्योग खुलेका छन् ।

यहाँ उत्पादित छुर्पी प्रतिकेजी ५ सय देखि ८ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।