लन्डन । गैरआवासीय नेपाली सँघका उपाध्यक्ष भवन भट्ट बेलायत आइपुगेका छन् । आगामी शनिवारबाट डेनमार्कको कोपनहेगनमा हुने गैरआवासीय नेपाली सँघ युरोप नवौं क्षेत्रिय सम्मेलनमा भाग लिन जानेक्रममा भट्ट सोमवार बेलायत आइपुगेका हुन् । भट्टको सम्मानमा गोर्खाली समाज युकेले सोमवार साँझ स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।
समाजका अध्यक्ष प्रकाश गुरुङको अध्यक्षमा अल्डरशटमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली सँघ युकेका अध्यक्ष मुछेत्र गुरुङ,उपाध्यक्ष शान्ति थापा, कुमारी गुरुङ, हिराधन राई ,योग कुमार फगामी एनआरएन युकेका पुर्व अध्यक्ष योगेन क्षेत्री,एनआरएन युके सेर सुनुवार, एनआरएन पुर्व आइसीसी सदस्य थर्क सेन,नेपाली जनसम्पर्क समितिका सभापति लोक गुरुङ पत्रकार बाचपति रेग्मी लगायतको उपस्थिती थियो ।






