तीन घुम्तीका नायक दत्तले दिए विद्यालयलाई सहयोग

donationलन्डन- नेपाली फिल्म तीन घुम्तीका नायक ध्रुव दत्तले नुवाकोटको एक विद्यालयको भवन निर्माणका लागि सहयोग गरेका छन् ।

जिल्लाको बुधसिङ गाविस वडा नम्बर ३ स्थित अन्नपूर्ण प्राविको विद्यालय भवन निर्माण गर्न एक लाख रुपैयाँ सहयोग गरेका हुन् ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले विद्यालय भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

विद्यालय भवन निर्माणका अभियन्ता सरु सुनारलाई काठमाडौंमा भएको एक कार्यक्रममा फिल्मका निर्देशक बाबुराम ढकालले सहयोग हस्तान्तरण गरेका हुन् ।

तीन घुम्तीमा दत्तसगै अभिनेत्री गरिमा पन्तको विशेष भूमिका छ ।

दत्तले तीन घुम्ती यूकेमा प्रदर्शनका लागि सहयोग गर्ने संघ संस्था, सञ्चारकर्मीहरु र दर्शकलाई धन्यवाद दिएका छन् ।