महाधिवेशन माग गर्दै नेवि सङ्घका नेताद्धारा रिले अनशन

nsu-hunger-strike.jpgकाठमाडौँ, १० साउन । नेपाल विद्यार्थी सङ्घका नेताहरुले विवाद मिलाएर तोकिएकै मितिमा महाधिवेशन गर्न माग गर्दै रिले अनशन सुरु गरेका छन् ।

नेवि सङ्घका पूर्वकोषाध्यक्ष कुन्दनराज काफ्लेको नेतृत्वमा आइतबार मध्याह्नदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशन सुरु भएको हो ।

अनशनमा नेविसङ्घका पूर्वकोषाध्यक्ष काफ्ले, पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डेय, कृष्णकुमारी बस्नेत, जित शेरचन, गणेश सापकोटा, नेवि सङ्घका नेता दुजाङ शेर्पा, निमा गिरी, चक्र गुरुङ, सुदीप शर्मा, धर्मदेव फुलारा र सन्जीव शाह बस्नुभएको छ ।

नेता काफ्लेले आफ्ना माग पूरा नभए तीन दिनपछि आमरण अनशन बस्ने बताउनुभयो ।