स्वास्थ्य सचिवमा डा उप्रेती

senendra-1काठमाडौँ- स्वास्थ्य मन्त्रालयका सचिवमा सोही मन्त्रालयमा कार्यरत वरिष्ठतम चिकित्सक डा सेनेन्द्रराज उप्रेती नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को हालैको बैठकले मन्त्रालयमा कार्र्यरत १२आँै तहका तीन चिकित्सकमध्ये वरिष्ठताका आधारमा उहाँलाई नियुक्ति गरेको थियो । यसअघि उहाँले स्वास्थ्य सेवा विभागको महानिर्देशकको समेत कार्यभार सम्हाल्नुभएको थियो ।

सोमबार सचिव डा उप्रेतीले आफ्नो कार्यभार सम्हाल्नुभएको थियो । सचिव उप्रेतीले भूकम्पबाट ध्वस्त स्वास्थ्य संरचना पुनःनिर्माण, स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता, चिकित्सा शिक्षा, सेवाको थप गुणस्तर, अस्पताल तथा स्वास्थ्य संस्थाका प्रभावकारिता वृद्धिका लागि उपकरण, औषधि र जनशक्ति व्यवस्थापनमा ध्यान दिइने आफ्नो प्राथमिकता रहेको जानकारी दिनुभयो ।

नेपाल चिकित्सक सङ्घले मन्त्रालयको सचिवमा स्वास्थ्य सेवाकै व्यक्ति हुनुपर्ने माग गर्दै आन्दोलन समेत गरेको थियो ।