सरकार परिवर्तन भारतीय इसारामा : प्रधानमन्त्री

काठमाडौं,३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको खेल बह्य इसारामा भएको दाबी गरेका छन् ।

उनले भारत तर्फ संकेत गर्दै नेकपा माओवादी सरकार बाट बाहिरिएर कांग्रेससँग मिलेर नयाँ सरकार गठनको कसरत गर्नु स्वाचालिन नभई बिदेशी इसारामा भएको बताए ।

रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने उक्त कुरा बताएका हुन ।
माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि भारतीय राजदूतावासमा भोज आयोजना गरिएको गर्दै उनले भने , कुनै पार्टी सरकारबाट बाहिर गयो भने अरु –अरु उफ्रिने, खुसी हुने, भोज खाने । यसले प्रष्ट पार्छ यो सरकार स्वचालित छैन भन्ने कुरा ।

नाकाबन्दीका बेला राष्ट्रियतामा आँच आउन नदिन भुमिका खेलेका कारण कांग्रेस र माओवादीलाई प्रयोग गरेर सरकार ढाल्न विदेशी शक्तिले भुमिका खेलेको उनले आरोप लगाए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वधिनताको रक्षाका लागि आफु अन्तिम सम्म लडिरहने बताए ।