अबरुद्ध संसद खुल्यो, भूकम्पपीडितले दुई किस्ता पाउने भए अनुदान

CAकाठमाडौं- सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच चारबुँदे सहमति भएको छ । सहमतिसँगै व्यवस्थापिका संसदको अवरोध हटेको छ ।

सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै भूकम्प पीडितलाई पहिलो किस्तामा १ लाख ५० हजार र दोस्रो किस्ता ५० हजार दिने उल्लेख गरे ।

सत्तारुढ तीन दल र प्रतिपक्षी कांग्रेसका नेताहरु रहेको कार्यदलको बुधबार बसेको बैठकमा चारबुँदे सहमति भएको थियो । यसलाई शीर्ष नेताहरुले अन्तिम रुप दिएका थिए ।

कांग्रेसले २ लाख रुपैयाँ एकमुष्ट दिनु पर्ने माग राख्दै संसद अवरुद्ध पार्दै आएको थियो । अहिलेको कार्यविधिअनुसार पहिलो किस्ता ५० हजार मात्र दिन सकिने व्यवस्था छ ।