काठमाडौं–जनमत संग्रहको परिणामअनुसार युरोपेली युनियनबाट बेलायत बाहिरिएको छ । यसले युरोपलगायत विश्वभरकै अर्थतन्त्र प्रभावित पार्ने देखिन्छ ।
बेलायत नेपालको पुरानो विकास साझेदार हो । बेलायतसँग दुई सय वर्षदेखि हाम्रो सम्बन्ध सुमधुर रहँदै आएको छ ।
बेलायत अहिलेको हाम्रो सबैभन्दा ठूलो विदेशी दातृ मुलुक हो । जनमत संग्रहपछि बेलायती पाउन्डको भाउमा अचानक गिरावट आएको छ ।
नेपाललाई बेलायतले दिँदै आएको सहयाता अबका दिनमा प्रभावित हुन्छ कि हुँदैन अहिले नै भन्न सकिने अवस्था छैन ।






