नक्कली चिकित्सक पक्राउ पर्दा पनि प्रदर्शन !

docकाठमाडौं- सहकर्मी पक्राउको विरोधमा चिकित्सकले वीरगन्जमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

उनीहरूले पक्राउ परेका ९ चिकित्सकको रिहाइका लागि प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्य, गृह तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । चिकित्सकहरूले संघको नारायणी कार्यालयबाट जुलुस निकाली नगर परिक्रमासमेत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई बुझाइएको ज्ञापनपत्रमा चिकित्सक पक्राउ गर्दा सीआईबीले अभद्र शैली अपनाएकोमा विरोध गरिएको छ । संघका निमित्ति अध्यक्ष डा. प्रमोद सर्राफले बुझाएको ज्ञापनपत्रमा शुक्रबार सीआईबीले कुनै सूचनाबिना चिकित्सक हिरासतमा लिनु कानुनविरुद्ध भएको जनाइएको छ ।