समीक्षालाई शत प्रतिशत !

samikshya-subediकाठमाडौं- नतिजा ग्रेडिङ प्रणालीद्धारा निकालिएकाको यसपर्षको एसएलसीमा नेपालभरबाट सबैभन्दा बढी ग्रेड प्वाइन्ट ल्याउने रुपन्देही मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी छात्र समीक्षा सुवेदी रहेको खुलेको छ ।

यसअघि उनको स्कुल र परिवाले उनले शतप्रतिशत नजिता ल्याएकाले बोर्ड फस्ट भएको भन्दै गरेको दाबीमा कसैले उनीभन्दा बढी अंक ल्याएको दाबीविरोध नगरेपछि उनी नै टपर भएकी हुन् ।

उनले प्रत्येक विषयमा ४.० अंक ल्याएर ए प्लस ग्रेड हासिल गरेकी छन् ।

एसएलसीको ग्रेडिङ प्रणलीअनुसार ९० देखि १०० अंक ल्याउनेलाई ४.० अंक दिएर ए प्लस ग्रेडमा राखिएको छ । भने त्यसभन्दा कम ल्याउनेलाई सोही अनुसार अंक दिएर ग्रेड छुट्टयाइएको छ ।

Capture-23