काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ८ सय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिनुभएको हो ।






