सेभियालाई युरोपा लिग उपाधि, लिभरपुल निराश

image

लण्डन ।  इङ्लिस फुटबल क्लब लिभरपुललाई पराजित गर्दै स्पेनको सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

स्विट्जरल्याण्डको बाजलमा बुधबार राति भएको फाइनलमा लिभरपुल ३-१ ले पराजित भयो । खेलको ३५ औं मिनेटमै ड्यानिएल स्टरीजले एक गोल गर्दै लिभरपुललाई अग्रता दिए ।

जितसँगै सेभियाले लगातार तेस्रो पटक युरोपा लिग फुटबलको उपाधि हात पारेको छ । समग्रमा भने सेभियाको यो पाँचौ युरोपियन उपाधि हो ।