मानवअधिकारमा सरकार प्रतिबद्ध : महान्यायाधिवक्ता फुँयाल

hari
काठमाडौँ, ५ जेठ । मिस पिङ्क–२०१६ को उपाधि यानी लामाले प्राप्त गर्नुभएको छ । १८ जना प्रतिस्पर्धीमध्ये लामाले सो उपाधि पहिरिनुभएको हो ।

यानीले अब थाइल्यान्डमा हुने मिस पिङ्क इन्टरनेसनलमा सहभागिता जनाउने र विश्वका प्रतिस्पर्धी सँगै तालिममा सहभागी हुनुहुनेछ ।

समलिङ्गी तेस्रोलिङ्गी घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नीलहिरा समाज र क्रुज एड्स नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा फस्ट रनर अपको उपाधि आकाङ्क्षा तिमल्सिनाले जित्नुभएको छ । सेकेन्ड रनर अपको उपाधि पल्लवी शर्माले प्राप्त गर्नुभएको छ ।

मिस पिङ्कको उपाधि विजेता यानीले नगद रु ५० हजार, फस्ट रनर अप आकाङ्क्षालाई रु ४० हजार र सेकेन्ड रनर अप पल्लबीलाई नगद रु ३० हजार रुपैयाँ प्रदान गरिएको छ ।

नीलहिरा समाजले मङ्गलबार आयोजना गरेको कार्यक्रममा महान्यायधिवक्ता हरि फुँयालले सरकार मानवअधिकारमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जन्मसिद्ध पाउने अधिकारबाट कोही पनि नागरिक वञ्चित हुन नहुने बताउँदै राज्य कुनै पनि नागरिकमाथि हुने विभेद, दुर्व्यवहार र हिंसा अन्त्य गर्न लागिरहेको बताउनुभयो ।