सिंगल इन्जिन जहाजबाट यात्रु उडान प्रतिबन्ध हटाउन अन्तरिम आदेश

tara airकाठमाडौं–सिंगल इन्जिन जहाजबाट यात्रु उडानमा लगाएको प्रतिबन्ध हटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सिंगल इन्जिनका वायुसेवा कम्पनीद्धय गोमा र मकालु एयरले संयुक्त रुपमा दिएको रिट निवेदनमा सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्धय देवेन्द्रगोपाल श्रेष्ठ र चालेन्द्रशमशेर जवराको संयुक्तको इजलासले सिंगल इन्जिनका वायुसेवाबाट चार्टर गरी यात्रु उडाउन नपाउने गरी पर्यटन मन्त्रालयले लगाएको प्रतिबन्ध हटाउन सरकारका नाममा आदेश गरेको छ ।

सरकारको सिंगल इन्जिनको जहाजको यात्रु उडान प्रतिबन्धको निर्णयविरुद्व अदालत गएका दुई वायुसेवाको पक्षमा अदालतले अन्तिरिम आदेश जारी गरेपछि सिंगल इन्जिनका वायुसेवाले चार्टर गरी यात्रु उडाउन पाउने अधिकार पुनः सुनिश्चित भएको गोमा एयरबा प्रबन्ध निर्देशक मनोज कार्कीले बताए ।