क्रिकेट संघको विवाद सर्वोच्चको पूर्ण इजलासले हेर्ने

२७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी निलम्बन गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ ।
आइतबार न्यायाधीश कल्याण श्रेष्ठ र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो ।
सरकारले क्यानका अदाधिकरीहरुलाई निलम्बन गरेर विनयराज पाण्डेको संयोजकत्वमा तीन सदस्यीय तदर्थ समिति बनाएको थियो । सुरुमा पुरानो क्यान विघटन गरिएको भनिएपनि केही दिनपछि निलम्बन भनिएको थियो ।
निर्वाचित क्यान विघटन गर्न नमिल्ने जिकिर गर्दै तत्कालीन पदाधिकारी सर्वोच्च गएका थिए । सर्वोच्चका न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।