२७ पुस, काठमाडौं । बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले आफ्नो पछाडि खेलाडीहरु नभएको दिन राजीनामा दिने बताएका छन् ।
बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सी र इनरिकेबीचको सम्वन्ध बिग्रिएको चर्चा चलिरहेका बेला प्रशिक्षक इनरिकेले यस्तो बताएका हुन् । उनले भनेका छन्-‘जुन दिन मेरो पछाडि खेलाडीहरु हुँदैनन्, त्यो दिन म छाड्छु । तर, त्यो दिन अहिले आइसकेको छैन ।’
इनरिकेले आफ्नो भविश्यबारे टिप्पणी गरेर जारी विवादमा थप चर्काउने भने चाहेनन् । तर, बार्सिलोना क्लबको बोर्डको समर्थन छ भन्ने प्रश्नमा भने उनले आफ्नो आफ्नो काम गरिरहेको बताए ।






