स्वायत्तता बिना कर्णालीको विकास असम्भव : नेता बिजुक्छे

g]dlskfsf cWoIf lah'S5]–;Daf]wg  g]kfn dhb'/ ls;fg kf6L{sf cWoIf gf/fo0fdfg lah'S5] cfOtaf/ eQmk'/sf] bQfqodf kf6L{sf] $@cf}F :yfkgf lbj;sf] cj;/df cfof]lht hg;efdf ;Daf]wg ub}{ . tl:a/ M /d]z lu/L, eQmk'/ . /f;;

जुम्ला- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्वायत्तता र विकेन्द्रीकरण बिना कर्णालीको विकास हुन नसक्ने बताउनुभएको छ ।

कर्णालीका कार्यकर्तासँगको भेटघाटमा जुम्ला पुग्नुभएका अध्यक्ष बिजुक्छेले ‘चीनबारे हाम्रो विचार’ नामक पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा यो कुरा बताउनुभयो ।

उहाँले भन्नुभयो, केन्द्रले लादेका योजनाअनुसार काम गर्दा कर्णाली पछि परेको हो । राज्यले यहाँको खास आवश्यकता, हावापानी, माटो, भूगोल र हिमाली भेकको अनुकूलित आर्थिक वर्षसँग अहिले पनि चासो दिएको छैन, जसको कारण यस क्षेत्रको दीर्घकालीन विकासमा नकारात्मक प्रभाव परेको छ, उहाँले थप्नुभयो ।

अध्यक्ष बिजुक्छेले पछिल्लो चरणमा विकास निर्माणका लागि छुट्याएको रकम दलले खाने गरेको आरोप लगाउँदै आफ्ना कार्यकर्तालाई कमिसन, घुसखोरी र भ्रष्टाचारमा संलग्न नहुन निर्देशन दिनुभयो ।