लण्डन । गत अप्रिल २१, २०१६ मा लेस्टरबासी मधुसुदन आचार्य र उहाको परिवार बस्दै आएको घरमा आगलागी उहाँहरूको लत्ताकपडासहित सबै सामान जलेर नष्ट भएकोले पिडित परिवारको अनुरोध र साझा नेपाली समाज एबं स्रिजन्सिल लेस्टर नेपाल युकेको पहलमा हिजो ४ अप्रिल २०१६ मा पीडित मधुसुधन आचार्य र उहाको श्रीमती दूर्गा खनाल आचार्यलाई सहयोगको लागि ऊठेको रकम २०४० पाउन्ड हस्तान्तरण गरिएको छ । जुन सहयोग लेस्टर, पीटरबोरो, वोल्भरहम्टम, नोटीङ्हम,ग्रामथाम र स्पाल्डिंगमा बसोबास गर्ने सहयोगी नेपालीहरू गरेका छन् ।
उक्त सहयोग बेलायतको क्यम्ब्रिजशेयर,इस्टमिड्ल्याण्ड,मिड्ल्याण्ड र लिंकनशेयरमा बस्ने नेपालीहरूका समाजिक संस्थाहरू पिटरबोरो नेपाली समाजबाट £६२१, नाटिंघम नेपाली समाजबाट £५३९, श्रृजनशील लेष्टर नेपालबाट £५०१, हाम्रो नेपाली समाज, ओल्भरह्याम्पटनबाट £२७१, गोरखा नेपाली कम्युनिटी पिटरबोरोबाट £१०८ संकलन गरिएको थियो ।
पीडित परिवार रहेको लेस्टर सिटी मै पुगी बिभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सहयोग रकम हस्तान्तरण गरेका थिए । साझा नेपाली समाज युकेका अध्यक्ष रण बहादुर केसी, उपाध्यक्ष महेश अधिकारी, कोषाध्यक्ष नारायन फूयाल र निबर्तमान अध्यक्ष राजु कंडेल, पीटरबोरो नेपाली समाज अध्यक्ष केशब भण्डारी र कोषाध्यक्ष सिएम खरेल, स्रिजन्सिल लेस्टर नेपालका अध्यक्ष पशुपति पोखरेल, महासचिब प्रेम आले मगर र निबर्तमान अध्यक्ष दयानिधि सापकोटा, नेपाली समाज नटींघमका पूर्व अध्यक्ष तारा भण्डारी, गुल्मी जिल्ला समाजका बरूण भण्डारी र पीडित परिवारका सहयोगी अमर हर्क बहादुर सावत लगायतको उपस्थिती थियो ।
पीडित परिवारका अनुसार एनआरएन यूकेले करिब २२ सय पाउण्ड सहयोग गरिसकेको र अन्य एकदुई संस्थाबाट सहयोगको प्रतिबध्दता अाएको बताइएको छ। अागलागी पीडित मधुसुधन आचार्य र दुर्गा खनाल आचार्यले दुखको समयमा सहयोग गर्ने सबै सहयोगदाता र पहलकदमी गर्ने संघसंस्थाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।







