नारायण रपाल विश्वकर्मा/बहराईन
“सेवा नै धर्म हो” मुल नाराका साथ बहराइन मा स्थापित नेप्लिज वेल्फेर सोसाइटी ले प्रवास मै रहेर पनि आफ्नो कला सस्कृती, परम्परा, रितिरिवाज जगेर्ना गर्दै स्वच्छ मनोरञ्जन दिदै वेल्फेर ट्रष्ट स्थापनाको लागि भब्य सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
१३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर यही आउँदो २९ अप्रिल २०१६ सुक्रबारका दिन हुन लागेको बृहत साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट चर्चित कलाकार हरु संगितकार तथा गायक तारा प्रकाश लिम्बु , पप तथा आधुनिक गायिका ईन्दिरा जोसी, लोक गायिका राधिका हमाल बहराईन आउँदै छन भने बहराईनको नेपाली समाज मा चर्चित सदाबहार लोक गायक अशिम महत का साथ मा स्थानिय नेपाली कलाकार हरुको भब्य सहभागीता रहने वेल्फेर सोसाईटी का अध्यक्ष सालीकराम पन्त ले जानकारी दिएका छन ।
सोसाईटीले गएको बर्ष नेपाल मा प्राकृतिक प्रकोप भुकम्पले तहस नहस बनाउदा स्थानिय स्तर मा आर्थिक संकलन गरी करीब २५ लाख नेपाली रुपैया प्रधानमन्त्री राहत कोष मा पठाएको थियो भने स्कुल निर्माण गर्नको निम्ति धाधिङ मा रु ५६ हजार र सिन्धुपाल्चोक मा रु ८५ हजार सहयोग पठाएको जानकारी दिदै स्वदेस तथा रोजगारिका सिलसिला मा बहराइनमा रहेका नेपालीहरु लाई भईपरी आउने समस्या हरुको समाधान का लागि एउटा मजबुत कोष को आवश्यकता महसुस भएको ले कोष स्थापना का लागि यो कार्यक्रम गर्न लागिएको सोसाईटी का कोषाध्यक्ष हिमाल घिमिरे ले जानकारी गराउदै बहराईन मा रहेका सम्पूर्ण नेपालीजनमा उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेका छन ।
मानमा स्थित डेलमन ईन्टरनेसनल होटल मा हुन लागिरहेको “सास्कृतिक साँझ २०१६” कार्यक्रम मा आयोजक ले सोसाईटी मा आबद्द सदस्य हरुलाई बिशेष सुबिधा समेत घोषणा गरेको छ भने कार्यक्रम हेर्न आउने प्रत्यक दर्सक लाई कार्यक्रम स्थलमा फ्रि सिमकार्ड समेत बितरण गरिने जानकारी दिदै गोलापर्थाद्धारा बिभिन्न पुरस्कारहरू समेत रहेको हुँदा आफुले लिएको प्रबेस पासमा फोन न. र नाम अनिबार्य लेख्न का लागि सोसाईटिका युबराज केसी ले अनुरोध गरेका छन । प्रबेश शुल्क ४ बि.डी. रहेको कार्यक्रम अप्रिल २९, २०१६ दिन साँझ ६ बजे बाट सुरुहुने आयोजक ले जानकारी दिएको छ ।








