भूपू गोर्खाहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि फेरि गरे व्यापक प्रदर्शन (भिडियो सहित)

uk gorkha

लण्डन । भूपू गोर्खाहरुले लण्डनस्थित प्रधानमन्त्री कार्यालय अगाडि फेरि  व्यापक प्रदर्शन गरेका छन ।

आफना मागहरुको चित्तबुझदो सम्बोधन नभएपछी आज आइतबार बेलायती प्रधानमन्त्री निवास १० डाउनिंग स्ट्रिटअगाडि व्यापक प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा सहभागी हुन  बेलायतका विभिन्न भागबाट भूपू गोर्खा र तिनका परिवार एवं एनआरएनहरुको बाक्लो उपस्थिति थियो ।

भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिले आजदेखि गर्ने भनेको आमरण अनसन स्थगित गरिएको छ । शुक्रबार बसेको सत्याग्रहको केन्द्रीय समिति बैठकले आउंदो जुलाई १ तारिखसम्मका लागि अनसनको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस भिडियो:

https://youtu.be/9vNj2OL7-so