काठमाडौंमा आन्दोलन सफल नहुने मोर्चाको निष्कर्ष

Madeshi-Morcha-Meetingकाठमाडौं- संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले देशब्यापी आन्दोलन गर्ने भएको छ ।

मोर्चासहितको संघीय गठबन्धनले आगामी वैशाख १५ गतेबाट ७५ वटै जिल्लामा आन्दोलन गर्ने निर्णय गरेको छ । तर आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छैन । स्रोतका अनुसार आजै सार्वजनिक गरिदैछ ।

बैशाख १५ गतेबाट निरन्तर रुपमा चल्ने आन्दोलनमा धर्ना, जुलुस, मजदुर दिवस, आमसभा र सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई कालोझण्डा देखाउने लगायतका रहेका छन । पहिलो चरणमा धर्ना, दोस्रोरचणमा जुलुस र सभा, जिल्ला मन्त्रीलाई रोक लगायतका कार्यक्रम हुनेछन् ।

यसअघि काठमाडौं केन्द्रित आन्दोलन गर्ने बताइए पनि सहभागी कमजोर हुने भन्दै मोर्चा पछि हटेको छ ।