रोयल ग्रिनविच नेपालिज सोसाइटीको नयां वर्ष कार्यक्रममा विशिष्ठ व्यक्तित्व आउंदै

rgnsnewyear

लण्डन । रोयल ग्रिनविच नेपालिज सोसाइटीले विक्रम संवतको नयां वर्ष २०७३ को अवसरमा आउंदो अप्रिल १७  तारिख आइतबार लण्डनमा एक शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ ।

नयां वर्ष २०७३ को अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने उद्धेश्यले   विविध सांस्कृतिक कार्यक्रमसहित  कार्यक्रम गर्न लागिएको हो ।

अध्यक्ष कुमार श्रेष्ठका अनुसार कार्यक्रममा प्रमुख अतिथी सांसद म्याथ्यू पेनीकुक, मेयर नोर्मन एडम्स्, विशेष अतिथी बरो लिडर डेनिस हाइल्याण्ड, करिब ४० जना काउन्सिलर, बीबीसी, ग्रीनवीच टाइम्स् सहित नेपाली पत्रकारहरु सहभागी हुनेछन् । ग्रीनवीच बरोमा रहेका करिब २५ नेपाली संघसंस्थाका प्रतिनिधिलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको छ ।

सोसाइटीले सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय करिब दुई दर्जन कलाकारले नृत्य गर्ने जनाएको छ । टिकट दर ५ पाउण्ड र त्यसमा डिनर समावेश भएकाले करिब ८ सय टिकट बिक्री भइसकेको आयोजकले जनाएका छन् ।

प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा सांझ ७ बजेदेखि राती अबेरसम्मका लागि कार्यक्रम तय गरिएको छ ।