न्यूयोर्क- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बुधबार दिएको एक जानकारी अनुसार विश्वमा सन् १९८० बाट हालसम्म ४२ करोड २० लाख प्रौढ व्यक्ति मधुमेह रोगबाट प्रभावित भएका छन् ।
उक्त रोग प्रायःजसो विकासशिल देशमा देखापरेको पनि डब्लुएचओले प्रष्ट पारेको छ । तौलमा वृद्धि नै यस रोगको प्रमुख कारण भएको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले जानकारी दिनुभएको छ ।
विश्व स्वास्थ्य दिवस अप्रिल ७ को पूर्वसन्ध्यामा डब्लुएचओले मधुमेह रोगसम्बन्धि विश्वको प्रतिवेदन तयार गरेको थियो ।
सो प्रतिवेदनमा यसको रोकथाम र उपचारको आवश्यतालाई विशेष महत्व दिइएको डब्लुएचओका महानिर्देशक मार्जरेट चानले बताउनु भएको छ ।
निर्देशक चानले यदि हाम्रीले मधुमेह रोगलाई बढ्नबाट रोक्ने हो भने, हाम्रो दैनिक जिवनमा पुनःविचारको आवश्यक रहेको बताउनु भएको छ ।
हाम्रो खानपानको आदतमा परिवर्तन, शाररिक व्यायाममा वृद्धि र तौल वृद्धि कम गराउने जस्ता क्रियाकलापहरु बढाउनुपर्ने उहाँले बताउनु भएको छ ।
मधुमेहले हृदयघात, मृगौलाले काम नगर्ने जस्ता भयानक रोगहरु निम्त्याउने र सन् २०१२ का मधुमेहबाट १५ लाख व्यक्तिको मृत्यु भएको सो प्रतिवेदनमा जनाइएको छ ।






