काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेको केहीबेरमा पौडेलले उम्मेदवारी दिएका हुन् ।
पौडेलको उम्मदेवारीमा प्रस्तावक पूर्वमहामन्त्री प्रकाशमान सिंह छन् भने समर्थक महामन्त्री शशांक कोइराला छन् । देउवाका भने प्रस्तावक फर्मुल्लाह मन्सुर र समर्थक पद्मनारायण चौधरी छन् ।
एक महिनापहिले भएको सभापति निर्वाचनमा पौडेल देउवासँग पराजित भएका थिए । दलको नेताको निर्वाचन भोलि हुँदैछ । २६ गते संसदीय कार्यसमितिको निर्वाचन हुँदैछ ।






