नेसा:अधिवेशन सम्पन्न, गुरुङ पुःन निर्वाचित

12970459_10206108705745501_1937757493_o[1]

वेदप्रसाद लावती लिम्बू,

लण्डन । लण्डनको प्लम्पस्टिटस्थित चौतारी रेष्टुँरेण्टमा २ अप्रिल शनिबारका दिन नेपाल भूतपूर्व सैनिक संघ (नेसा) यूके शाखाले दोश्रो महाधिवेशन सम्पन्न गरेको छ । प्रमुख अथिति तथा केन्द्रीय प्रतिनिधि नेसा केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष धर्मबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न उक्त अधिवेशनले निजकै संयोजकत्वमा गठीत निर्वाचन समितिले १९ सदस्यीय कार्य समिति निर्वाचित गरेको थियो । निर्वाचन समितिका अन्य सदस्यहरुमा मेजर श्रीप्रसाद गुरुङ र खिमबहादुर गुरुङ थिए ।

नव निर्वाचि कार्य समितिको अध्यक्षमा केशबहादुर गुरुङ, उपाध्यक्षहरु दिलबहादुर जिसी, किरण चाम्लिङ राई, महासचिवमा तर्कजंग गुरुङ, सचिवमा हरिकुमार मल्ल, कोषाध्यक्षमा डम्बर गुरुङ, सहकोषाध्यक्षमा लोकप्रसाद गुरुङ, मनोरञ्जनमा विसन थापा निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी संगठनको क्षेत्रीय संयोजकहरुमा क्रमश मानप्रसाद चेम्जङ वेल्स, तेजबहादुर राई हाम्पशायर, कृतबहादुर गुरुङ मिडल्याण्ड, चुडाकर्ण थाम्सुहाङ वर्कशायर, पशुपति राई केन्ट, कुशबहादुर गुरुङ मिडल्सेक्स, लक्ष्मी गुरुङ, हर्कमाया लिम्बू, किरण गुरुङ, टंकप्रसाद गुरुङ, ओमप्रसाद गुरुङ सबै निर्विरोध निर्वाचित भएका थिए ।

सोही भेलाले पूव काउन्सिलर धन गुरुङ, मेजर श्रीप्रसाद गुरुङ, भिम राई, किमबहादुर गुरुङ, खुमबहादुर गुरुङ, वेदप्रसाद लावती लिम्बू, नरकुमारी वनेम लिम्बू, आनन्द गुरुङ, ओमप्रसाद गुरुङ, कृष्ण आले, इन्द्रप्रसाद गुरुङलाई संगठनको सल्लाहकारमा चयन गरियो । विधानत नेसा कार्य समिति तथा सल्लाहकार सदस्यहरुको कार्य अवधि चार वर्षको हुने छ ।

अधिवेशनमा प्रस्तुत संगठनको सांगठानिक प्रतिवेदनमा विशेष वुँदागतरुपमा संगठनको कार्यनीति, सांगठानिक ढाँचा र सदस्यता संवन्धि वृहत विचार, विमर्श तथा बहसपछि केही संशोधनसहित सभाले उक्त प्रतिवेदन पारित गरेको थियो । सोही प्रकारले कोषाध्यक्ष डम्बर गुरुङले संगठनको सम्पूर्ण आर्थिक गतिविधिहरुको हरहिसाव प्रस्तुत गरेपछि सभाको सर्वसंवतले उक्त आर्थिक प्रतिवेदन अनुमोदन गरेको थियो ।

अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा कार्यक्रम संचालन तर्कजंग गुरुङले गरेका थिए । स्मरण रहोस, नेसा अवकाशप्राप्त गोर्खा सेना, भारतीय सेना र नेपाली सेनाहरुको हक हित र अन्य विभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको छ । संगठन नेपाली कांग्रेस पार्टीको एक भातृ संगठन हो र नेसा प्रवास शाखा अन्तरगत यूके नेसाको गठन सन् २००७ मा भएको थियो ।12970724_10206108706025508_863073206_o[1]