बारको मतदान सुरु, मैनाली र केसीबीच प्रतिस्पर्धा

barकाठमाडौँ- नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।

बिहान ८:१५ बजेदेखि देशैभरका ३३ मतदान केन्द्रमा मतदान सुरु भएको बारको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले जानकारी दिनुभयो । मतदान अपराह्न ४ बजेसम्म हुनेछ ।

पदाधिकारीसहित २५ नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको छ । कूल मतदाता सङ्ख्या नौ हजार ५२२ छ ।

विजयकान्त मैनालीले नेतृत्व गर्नुभएको प्रगतिशील र शेरबहादुर केसीले नेतृत्व गर्नुभएको लोकतान्त्रिक पक्षबीच प्रतिस्पर्धा हुँदैछ ।