बेइजिङ- प्रधानमन्त्री केपी ओलीले नेपालले चीनसँग आपतकालिन इन्धन सम्झौता गर्नुपर्ने संकट नरहेको बताएका छन्।
केही तयारी पुरा भएपछि भने इन्धन ब्यापार सम्झौता हुने उनले बताए। चीन भ्रमणको तेस्रो दिन मंगलबार बेइजिङमा प्रधानमन्त्री ओली निकै खुसी देखिन्थे।‘चीनसँग इन्धन सम्झौता नगरे नागरिकको अपेक्षा पुरा गर्न सक्नु भएन भने नि?’ भन्ने प्रश्नमा ओलीले भने,‘नेपालले अहिले आपतकालिन इन्धन सम्झौता गर्नुपर्ने अवस्था छैन।
हिजो संकट थियो, अहिले त्यती संकट छैन, त्यसैले धेरै हतार पनि छैन।






