लण्डनमा कविता गोष्ठी

anesaspoetrydayलण्डन- विश्व कविता दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले लण्डनमा कविता गोष्ठी गरेको छ ।

आइतबार साउथ ईस्टको प्लमस्टिडस्थित अस्मिता एसोसिएटसको सभाहलमा आयोजना गरिएको गोष्ठीमा विभिन्न डेढ दर्जन सर्जकले झण्डै चार दर्जन कविता, मुक्तक, गजल आदि वाचन गरेका छन् ।

गोष्ठीमा अनेसास अध्यक्ष डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ, नारायण गाउँले, भोजराज, फडिन्द्र भट्टराई, मञ्जु खरेल भण्डारी, रेखा खरेल, प्रियंका आचार्य, राज श्रेष्ठ, बच्चुकैलाश कैनी, ललितकुमार न्यौपाने, लिला गुरुङ, सन्तोष कार्की लगायतका स्रष्टाले कविता, मुक्तक र गजल वाचन गरेका थिए ।

अनेसास यूकेका अध्यक्ष डा रुपक श्रेष्ठले कविता गोष्ठीको अध्यक्षता गरेका थिए भने सुमलकुमार गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।