काठमाडौँ- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यवाहक अध्यक्षमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई तोक्नुभएको छ ।
चीनको भ्रमणमा जानुपूर्व आज अध्यक्ष ओलीले नेता गौतमलाई सोसम्बन्धी पत्र प्रदान गर्नुभएको थियो ।
अध्यक्ष ओली यही चैत १४ गते स्वदेश नफर्कुन्जेल पार्टी स्थायी समितिले पार्टीका विभागहरुको पूर्णता तथा केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयनसम्बन्धी गृहकार्य गर्ने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।






